झापा । फिल्म ‘शिवांश’ को टिजर सार्वजनिक भएको छ । विहिबार युट्युबमा टिजर सार्वजनिक गरिएको हो । ‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्दै सुरु हुने टिजर संक्षिप्त छ । टिजरमा फिल्मका शीर्ष कलाकार प्रवीण खतिवडा छन् ।
उनी सन्तको भूमिकामा छन् । हातमा त्रिशूल बोकेर मन्दिरअगाडि पुगेपछि टिजर सकिन्छ । ओजपूर्ण आवाज, रङ संयोजन, दृश्य र संवादसहितको टिजरले कौतुहलता सिर्जना गर्छ । टिजरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशकमा सन्तोषकुमार आत्रेय छन् । यो उनको डेब्यू निर्देशकीय फिल्म हो । निर्मातामा अञ्जान केसी छन् । खतिवडासहित फिल्ममा तेज गिरी र रुषा न्यौपानेको मुख्य भूमिका छ ।
विकास जोशी, विमला लिम्बु, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदय सुब्बा, टीका निरौलाको पनि अभिनय छ । पटकथा बारत लिम्बुको छ । सहनिर्मातामा शोभा भण्डारी र अनिश बोगटी छन् । ‘शिवांश’ १ फागुनमा प्रदर्शन तयारीमा छ ।
