Home Main Highlight News नेवारी भर्सनमा पनि आयो ‘आ बाट आमा’ को गीत ‘लैजा खबर ए हावा’
 

नेवारी भर्सनमा पनि आयो ‘आ बाट आमा’ को गीत ‘लैजा खबर ए हावा’

by Parda Sansar
A+A-
Reset

झापा ।  फिल्म ‘आ बाट आमा’ को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा पनि सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार गायक तथा अभिनेता यमन श्रेष्ठको स्वरमा नेवारी भर्सन  सार्वजनिक गरेको हो।

केही दिनअघि रवि ओडको स्वरमा सार्वजनिक ‘लैजा खबर ए हावा’ लाई स्रोता तथा दर्शकले रूचाएका छन्। उक्त गीतले युट्युबमा झन्डै ३० लाख भ्युज पाएपछि नेवारी भर्सन सार्वजनिक भएको हो। बाबुल गिरीको शब्द तथा संगीत रहेको यो गीतलाई नेवारी भाषामा वरिष्ठ अभिनेता मदन कृष्ण श्रेष्ठले ट्रान्सलेट गरेका हुन्।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको ‘आ बाट आमा’ मा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपालीलगायत कलाकारहरूको अभिनय छ। निर्देशक पन्तकै कथा तथा पटकथामा रहेको फिल्ममा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको छ। फिल्मको गीतको भिडिओमा कोरियोग्राफी गम्भीर विष्ट र दिलिप ओखेडाले गरेका छन्।

नवराज उप्रेतीको डिओपी रहेको फिल्ममा लेखन अभिमन्यू निरवीको छ छन् संवाद लेखनमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी छ। करण सिंह रसाली कार्यकारी निर्माता हुन्।

फिल्मको सम्पादनको काम मिलन श्रेष्ठले गरेका छन् भने ट्रेलर र टिजर साहिल खानले तयार पारेका हुन्। यो फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्दैछ। ‘आ बाट आमा’ माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारी छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link