Home Main Highlight News ‘परिवर्तन’को ट्रेलर सार्वजनिक, सत्ताको लडाइँमा सुशीलको एक्सन
   

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, सत्ताको लडाइँमा सुशीलको एक्सन

by Parda Sansar
A+A-
Reset

झापा । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘परिवर्तन’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमबारफिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा फिल्मको एक्सन-सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । ट्रेलरमार्फत अभिनेता सुशील श्रेष्ठलाई सशक्त एक्सन अवतारमा प्रस्तुत गरिएको छ भने अभिनेत्री अञ्जना बराइली पनि केही दृश्यमा एक्सन अवतारमा देखिएकी छन् । उनी प्रहरी इन्पेक्टरको भूमिकामा रहेकी छन् ।

ट्रेलरमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, पुकार भट्टराई लगायतलाई मुख्य भूमिकामा देख्न सकिन्छ । ट्रेलर रिलिजपछि चलचित्रका निर्देशक विजय केरुङले फिल्मले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘फिल्मको कथाअनुसार नै ट्रेलर तयार गरिएको हो । एक्सनसँगै सामाजिक सन्देश पनि बोकेको यो फिल्मले दर्शकलाई बाँध्ने विश्वास छ ।’

सत्ताका लागि नेताले जे सुकै पनि गर्न सक्छन् भने कुरालाई चलचित्रको पर्दामा देख्न सकिने झलक ट्रेलरमा पाइन्छ । दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’ मा शंकर श्रेष्ठ, गौतम तिवारी, यामनाथ खरेल, सिरु विष्ट, आशा पौडेल, आयुषा कार्की, घनश्याम गिरी, रुद्र रोक्का, विपिन प्रसाईं, कृष्ण कोइराला, रोहन सेन्च्युरी, मिलन कुमार ढुङ्गाना लगायतको अभिनय रहेको छ ।

दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा द्वन्द्व निर्देशन श्री श्रेष्ठको रहेको छ । यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link