Home Main Highlight News गायक पशुपति शर्माले गरे ‘कहिले आउने हो’ नयाँ गीत सार्वजनिक
   

गायक पशुपति शर्माले गरे ‘कहिले आउने हो’ नयाँ गीत सार्वजनिक

by Parda Sansar
A+A-
Reset

झापा ।  गायक पशुपति शर्मा र गायिका प्रिया भण्डारीले ‘कहिले आउने हो’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। सोमबार पशुपतिको अफिसियल युट्युबमार्फत यो गीत सार्वजनिक भएको हो। मायाप्रेममा आधारित यो गीतको शब्द तथा संगीत पशुपति स्वयंको हो। संगीत संयोजक विश्वास नेपाल हुन्।

भिडिओमा पशुपति र प्रिया स्वयंमले अभिनय तथा नृत्य गरेका छन्। पशुपति लोकदोहोरी क्षेत्रका चर्चित कलाकार हुन् भने प्रियाका ‘मै पनि एमाले’, ‘कान्छी ओइ कान्छी’, ‘मै लुरी’ लगायतका गीत चर्चित छन्। पशुपति र प्रियाले गतवर्ष सहकार्य गरेको गीत ‘मै लुरी’ करोड क्लबमा छ।

‘कहिले आउने हो’ गीतको कुरा गर्दा यसको भिडिओ प्रकाश भट्टले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। करन चैसिरको छायांकन, मनोज कार्कीको सम्पादन रहेको गीत प्रभात अधिकारीले प्रस्तुत गरेका हुन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link