Home Main Highlight News परान प्रदर्शनको ७५औं दिनमा, राख्ला त १०० दिनको रेकर्ड ?
   

परान प्रदर्शनको ७५औं दिनमा, राख्ला त १०० दिनको रेकर्ड ?

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । चलचित्र ‘परान’ रिलिज भएको ७५ औं दिन पूरा भएको छ । खल्ती एपका आधारमा परान हाल ६ वटा शोका साथ प्रदर्शनरत छ ।

फिल्मले ७५ दिन पूरा गरेको अवसरमा यी हलहरुमा अब केही दिन ७५ रुपैयाँ छुटको व्यवस्था गरिएको निर्माण टिमले जनाएको छ । निर्माण टिमले दिएको यो अफरले के यो फिल्मले १०० दिनको रेकर्ड बनाउला ? त्यो भने चासोको विषय बनेको छ ।

‘परान’ले पुस २६ गतेसम्ममा १७ करोड ७४ लाख रुपैयाँ कलेक्सन गरिसकेको छ । जुन तथ्याङ्क चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको थियो ।

‘परान’ फिल्मलाई दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन् । फिल्मको पटकथा र संवादमा यम थापाले तयार पारेका हुन् ।
सामाजिक कथामा आधारित यस फिल्मले युवाहरु गाउँ छाडेर सहर र विदेश हिँडेपछि त्यहाँ छोडिएका बुबाआमाको मनोदशालाई प्रस्तुत गरेको छ । फिल्ममा वरिष्ठ अभिनेता नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, लगायतको अभिनय रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link