Home Main Highlight News फिल्म ‘कुमारी’काे ट्रेलर सार्वजनिक
 

फिल्म ‘कुमारी’काे ट्रेलर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

झापा । तपाईंलाई जेन-वाई र जेन-जी पुस्ताको प्रेमकथामा रुचि छ भने फिल्म ‘कुमारी’ पक्कै वाचलिस्टमा हुनसक्छ । नपत्याए यसको ट्रेलर हेर्नुस, जसमा किन यो फिल्म हेर्नुपर्छ भन्ने केही कुराहरू छन् । ३ मिनेट २३ सेकेन्ड रनटाइमको ट्रेलर युट्युबमा रिलिज भएको छ ।

ट्रेलरले फिल्मको कथावस्तु, द्वन्द्व र चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ । दुई मुख्य पात्रबीचको उतारचढावपूर्ण प्रेम, पारिवारिक र सामाजिक अवरोधको कथालाई निर्देशन दिनेश राउतले मर्मस्पर्शी ढंगले चित्रण गरेका छन् ।

डेब्यू कलाकार अभिषेक खड्का हुन् या आकृति राजभण्डारी, दुबैले आफ्नो भूमिकामा न्यायपूर्ण अभिनय गरेका छन् । ट्रेलरमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मानशा शर्माले अभिनय गरेका छन् ।

केहरसिंह लिम्बुले कम्पोज गरेका फिल्मका गीतहरू अहिले हिट छन् । गीतले कथावस्तुलाई न्याय गरेको देखिन्छ । रिल्स होस् या टिकटक, फिल्मका गीतमाथि हजारौं भिडियो बनेको छ ।

निर्देशक दिनेश राउत ‘कुमारी’ मार्फत आफ्नो मूल जनरामा फर्किएका छन् । प्रेमकथामा राउतको निर्देशकीय कमब्याक पनि यो फिल्म हेर्नुपर्ने एउटा सर्त हुनसक्छ, त्यसको संकेत ट्रेलरले गरिसकेको छ । ‘कुमारी’ २३ माघदेखि प्रदर्शन तयारीमा छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link