काठमाडौँ । निर्माण भइरहेको चलचित्र ‘रोल नं. १’ गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते रिलिज हुने भएको छ ।
निर्माण पक्षले सरस्वती पूजाको अवसरमा चलचित्रको रिलिज डेट सार्वजनिक गरेको हो । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो चलचित्र आगामी वर्ष २०८३ जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउनेछ ।
निर्माता विनोद पौडेलका अनुसार ‘रोल नं. १’ नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा समेत एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको छ । चलचित्रको अधिकांश छायांकन हिमाली जिल्ला म्याग्दीका सुन्दर ग्रामीण भू-भागमा गरिएको छ ।
जोन योञ्जनको निर्देशन बनिरहेको ‘रोल नं. १’ बाल मनोविज्ञानमा आधारित चलचित्र हो । महेश दवाडीको लेखन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्र ‘रोल नं. १’ लाई रिच इन्टरटेन्मेन्ट र जे.एम. सिनेमा मार्फत वितरण गरिने निर्माण टिमले जनाएको छ ।


