Home Main Highlight News एलिना चौहान र जिके पोख्रेलको स्वरमा ‘इन्दिरा’ गीत सार्वजनिक
   

एलिना चौहान र जिके पोख्रेलको स्वरमा ‘इन्दिरा’ गीत सार्वजनिक

by Parda Sansar
A+A-
Reset

झापा । जिके पोख्रेलको शब्द र संगीतमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक भएको छ। नृत्यप्रधान गीत ‘इन्दिरा’ मा एलिना चौहान र जिके पोख्रेलको स्वर छ। म्युजिक नेपालमा रेकर्ड गरिएको गीतको रेकर्डिङ नकुल कार्की र अनिल अधिकारीले गरेका हुन्। प्रकाश खरेलले संगीत संयोजन गरेको गीत म्युजिक नेपालकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

राजाराम सिम्खडाको नृत्य निर्देशनमा बनेको भिडिओमा विमल अधिकारी र स्मारिका ढकालको नृत्य तथा अभिनय छ। राजेश घिमिरेको छायांकन रहेको भिडिओको सम्पादन र कलरिङ दीपक विष्टले गरेका हुन्।

सांगीतिक बजारमा आइरहेका आम गीतभन्दा ‘इन्दिरा’ फरक स्वादको छ। दुईजना पात्रको भेटघाटपछि मिलनसम्मको कथालाई म्युजिक भिडिओमा समेटिएको छ। गीता भुसाल र बाबुराम काफ्लेले उत्पादन गरेको भिडिओको निर्देशक नरेन्द्रराज भट्टराई हुन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link