Home Main Highlight News चलचित्र ‘बुकी’को पहिलो गीत ‘तिमी मैसँग भई राख है’ सार्वजनिक
 

चलचित्र ‘बुकी’को पहिलो गीत ‘तिमी मैसँग भई राख है’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

झापा । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले ‘तिमी मैसँग भई राख है’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्डलाइ देख्न पाइन्छ। प्रेम र यात्राको भावनात्मक कथालाई प्रस्तुत गरिएको भिडियो बाग्लुङको ढोरपाटन र आसपासका रमणीय क्षेत्रमा छायांकन गरिएको छ । देवेन्द्र बब्लुको शब्द, रचना र स्वर रहेको गीतमा दीपक शर्मा र एचबीएन किस्मतको संगीत छ ।

‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस’को प्रस्तुति रहेको चलचित्र ‘बुकी’मा सुरक्षा पन्त, देवेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा रहेका छन् । चलचित्र सन् २०२६ भित्र प्रदर्शनमा ल्याउने तयारी रहेकाे निर्माण पक्षले जनाएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link