Home Main Highlight News ‘हरिबहादुरको जुत्ता’ टिमले ‘श्रीनिवास’ निर्माण गर्ने
   

‘हरिबहादुरको जुत्ता’ टिमले ‘श्रीनिवास’ निर्माण गर्ने

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’पछि यही निर्माण टिमले नयाँ चलचित्र ‘श्रीनिवास’ निर्माण गर्ने घोषणा गरेको छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा दोस्रो प्रस्तुतिकाे रूपमा ‘श्रीनिवास’को औपचारिक निर्माण घोषणा गरिएको हो ।

गएको दशैँको फूलपातीमा रिलिज भएको ‘हरिबहादुरको जुत्ता’ ले दर्शकको राम्रो साथ र सकारात्मक प्रतिक्रिया पाएको थियो । त्यसकै सफलतापछि निर्माण टिमले नयाँ चलचित्र घोषणा गरेको हो । चलचित्र ‘श्रीनिवास’मा हरिवंश आचार्य र अभिषेक खड्का प्रमुख भूमिकामा रहननुहुनेछ । अभिषेक खड्काको डेब्यु चलचित्र ‘कुमारी’ यही माघ २३ गतेबाट प्रदर्शनमा आउँदैछ, जसका कारण उहाँ पछिल्लो समय चर्चामा छन् ।

सरोज ओली र मोहितवंश आचार्यको निर्माणमा तयार हुने चलचित्रलाई सजन काफ्ले र आकाश बरालले संयुक्तरूपमा निर्देशन गर्दै छन्। यसअघि  चलचित्र ‘बेहुली फ्रम मेघौली’ निर्माण गरेका थिए ।

चलचित्रको कथा तथा पटकथा अभिमन्यु निरावीले लेखेका हुन् । चलचित्रका अन्य कलाकार, प्राविधिक टिम तथा छायांकन तालिकाबारे निर्माण पक्षले क्रमशः जानकारी सार्वजनिक गर्ने जनाएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link