Home Main Highlight News सिटौलालाई ट्रिब्युट दिँदै ‘श्री बुकुरो’को टिजर सार्वजनिक
   

सिटौलालाई ट्रिब्युट दिँदै ‘श्री बुकुरो’को टिजर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’ ले आफ्नो पहिलो झलक सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माण टिमले दिवंगत चलचित्र पत्रकार दिनेश सिटौलाको स्मृतिमा समर्पित गर्दै फिल्मको एक महत्वपूर्ण दृश्य सार्वजनिक गरेको हो। स्व. सिटौला यस चलचित्रका मिडिया संयोजकसमेत रहेका थिए।

सार्वजनिक गरिएको करिब ६ मिनेट लामो दृश्यले परिवारभित्रको द्वन्द्व, भावनात्मक उतार–चढाव र प्रेमको जटिल सम्बन्धलाई उजागर गर्छ। प्रेममा रहेका जोडीको विवाहका लागि चिना जाँचिँदा अनुकूल नदेखिएपछि उत्पन्न हुने तनाव, पारिवारिक टकराव र त्रिकोणात्मक प्रेम कथाले फिल्मको मूल कथावस्तु झल्काएको छ।

सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, रोशनी कार्की, निकिता आचार्य, प्रतिकराज आचार्य, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ र आशिका शाही लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ। चलचित्रकी निर्मात्री रुबी सेन सिंह हुन्।

फिल्ममा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ। गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत समावेश गरिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link