Home Main Highlight News गायिका सुनितामी परियारको ‘माया हिरिक्कै’ गीत सार्वजनिक
   

गायिका सुनितामी परियारको ‘माया हिरिक्कै’ गीत सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । सर्जक तथा गायक वसन्त थापा र गायिका सुनितामी परियारको नयाँ लोकलयको गीत ‘माया हिरिक्कै’ सार्वजनिक गरिएको छ । नवराज पन्तको शब्द रहेको गीतमा वसन्त थापाकै सङ्गीत छ । गीतको एरेन्ज भने श्यामश्वेत रसाइलीले गरेका हुन् ।

गम्भीर विष्टले निर्देशन गरेको गीतको भिडियोमा पल शाहको अभिनय छ । पललाई अभिनयमा गायिका सुनितामीले साथ दिएकी छन् । पवन सुस्लिङको टिमले खिचेको भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् । भिडियोको कोरियोग्राफर प्रशान्त मगर हुन् ।

गायिका तथा सुनितामीले आफ्नाले लोकलयको सार्वजनिक गीतलाई दर्शक तथा श्रोताले मन पराउनेमा आशावादी छिन् । वि.स.२०६६ सालमा पहिलो गीत ‘भिरमा लर्क्यो खर’मा स्वर दिएर साङ्गीतिक यात्रा सुरु गरेकी सुनितामीले अहिलेसम्म झन्डै ९ सय गीत गाइसकेको बताउँछिन् । सुनितामीका यसअघिका‘रुमाल साट्न पर्दैन’, ‘साईली रिमै’, ‘अभागी त म हुँ’, ‘ढुङ्गा जस्तो मन’, ‘मेरो बुडाको के मिलेन’ लगायतका गीत हिट छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link