Home Main Highlight News ‘हामी तीन भाइ’को अग्रिम टिकट बुकिङ खुला
   

‘हामी तीन भाइ’को अग्रिम टिकट बुकिङ खुला

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘हामी तीन भाइ’को नेपालभरका हलले अग्रिम टिकट बुकिङ खुलाएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा हलहरूले अग्रिम बुकिङ खुलाएका हुन् । फिल्मले कति शो पाउँछ भन्ने भोली मात्र भन्न सकिने फिल्मका निर्देशक मधुसूदन भट्टराईले बताए ।

चलचित्र केन्द्रीय जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार(, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल, भूमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतको अभिनय छ ।

प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मलाई त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन् । तीन दाजुभाइबिचको सम्बन्ध,उनीहरूबिचको मनमुटावका साथै फिल्ममा रोचक ढंगले प्रस्तुत गरिएको दर्शकले पाउने छन्। कमेडी तथा सामाजिक कथामा आधारित विक्रम तामाङ कार्यकारी निर्माता रहेको यस फिल्ममा  सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।

साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद पछिल्लो समयका व्यस्त लेखक शिवं अधिकारीले लेखेका हुन्। शिव ढकालको छायाङ्कन,बनिश शाहको सम्पादन रहेको यस फिल्मका गीतमा संगीतमा साप शक्ति,बाबुल गिरीले दिएका छन्। नृत्य निर्देशन कमल राई, इन्द्र देव महर्जनले गरेका छन् ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link