Home Main Highlight News आज देशभर फिल्म ‘हामी तीन भाइ’ प्रदर्शनमा
   

आज देशभर फिल्म ‘हामी तीन भाइ’ प्रदर्शनमा

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । आज देशभर फिल्म ‘हामी तीन भाइ’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको यो फिल्मले देशभर एकल प्रदर्शनकाे अवसर पाएको छ । फिल्मले देशभरका १ सय भन्दा बढी शो पाएको निर्माण युनिटले जनाएको छ ।

सामाजिक कथामा कमेडी, पारिवारिक खटपट तथा सन्देश पनि दिने फिल्म ‘हामी तीन भाइ’लाई मधुसूदन भट्टराईले निर्देशन गरेका हुन् । सबै उमेरका दर्शकले हेर्न मिल्ने फिल्ममा तीन दाजुभाइबिचको सम्बन्धको कथा छ ।

फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, अमृतमान महर्जन लगायतको अभिनय दर्शकले हेर्न पाउने छन् ।

प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मलाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन् । विक्रम तामाङ कार्यकारी निर्माता रहेको यस फिल्ममा सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन् ।

साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा संवाद पछिल्लो समयका व्यस्त लेखक शिवम् अधिकारीले लेखेका हुन्। शिव ढकालको छायाङ्कन, बनिश शाहको सम्पादन रहेको यस फिल्मका गीतमा संगीतमा साप शक्ति,बाबुल गिरीले दिएका छन्। नृत्य निर्देशन कमल राई, इन्द्र देव महर्जनले गरेका छन् ।

https://www.youtube.com/watch?v=xYtbBDlpY0Y&t=1s

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link