Home Main Highlight News नयाँ वर्षको अवसर पारेर फिल्म ‘कार्की साइँला’को पोस्टर सार्वजनिक
   

नयाँ वर्षको अवसर पारेर फिल्म ‘कार्की साइँला’को पोस्टर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । नयाँ वर्षको अवसर पारेर अभिनेता जितु नेपाल अभिनित फिल्म ‘कार्की साइँला’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसँगै निर्माण टिमले आगामी साउन १ गतेलाई प्रदर्शन मिति तय गरेको जानकारी दिएको छ।

सार्वजनिक पोस्टरमा जितु नेपाललाई भरियाको भूमिकामा प्रस्तुत गरिएको छ। उनले बोकेको डोकोमाथि पहाडी भू–दृश्यसँगै अन्य भरियाहरूको यात्रासमेत देखाइएको छ भने आकाशमा उडिरहेका चराहरूले कथा संकेत दिने प्रयास गरेको देखिन्छ। पोस्टरले फिल्मको विषयवस्तुबारे केही झल्को दिन्छ।

पोस्टरको तल्लो भागमा एक मायालु जोडीको दृश्य पनि समेटिएको छ, जहाँ एक युवतीले युवकको काँधमा टाउको राखेकी छन्। यी पात्र को हुन् भन्ने विषयले दर्शकमाझ थप जिज्ञासा पैदा गरेको छ। समग्रमा, जितुलाई फरक र आकर्षक अवतारमा प्रस्तुत गरिएको पोस्टरले फिल्मप्रति अपेक्षा बढाएको छ।

हास्य भूमिकाबाट परिचित जितुलाई निर्देशक राजेन्द्र बस्नेत ले यस फिल्ममा भरियाको संवेदनशील कथामा उतारेका छन्। फिल्म धनकुटा, बराहक्षेत्र (सुनसरी) र चतरा लगायतका स्थानमा छायांकन गरिएको हो।

फिल्ममा जितु नेपालसँगै प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारको अभिनय रहेको छ।

बालकुमार राई निर्माताका रूपमा रहेका यस फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता हुन्। कर्णबहादुर फिल्म्सको ब्यानरमा बनेको फिल्ममा द्वन्द निर्देशन किरण दाहाल, छायांकन डम्बर राई, संगीत दिप्सन लिम्बु तथा वितरण कुबेर फिल्म्सले गर्नेछ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link