Home Main Highlight News प्रियंकाको ‘मास्टर्नी’ आठ भाषामा रिलिज हुने
   

प्रियंकाको ‘मास्टर्नी’ आठ भाषामा रिलिज हुने

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड ।   अभिनेत्री प्रियंका कार्कीको निर्माणमा तयार भएको चलचित्र ‘मास्टर्नी’ आठ भाषामा तयार हुने भएको छ । यो चलचित्र नेपालीसहित हिन्दी, बंगाली, तामिल, तेलगु, मलायलम, भोजपुरी र पन्जाबी भाषामा रिलिजको तयारीमा निर्माण टिम जुटेको छ ।

भदौ १२ गतेबाट रिलिज हुने यो चलचित्र १७ दिनमा छायांकन सम्पन्न भएको थियो । यो सिनेमाको अहिले भारतको मुम्बईमा पोष्ट प्रोडक्सनको काम भैरहेको छ ।

भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेको चलचित्रमा प्रियंका कार्कीको साथमा सरोज खनाल, ऋचा शर्मा, आर्यन सिग्देल, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, सिम्रन खड्का लगायत दर्जनौ कलाकारको अभिनय रहेको छ।

प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माता रहेको चलचित्रकी कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् । अभिनेत्री प्रियंका कार्कीकै कथा रहेको फिल्ममा सान बस्नेतको कथा र प्रियंका र शानको संवाद रहेको छ ।

https://www.youtube.com/watch?v=wpRs70JgejQ&t=7s

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link