Home Main Highlight News जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’काे ‘भुनभुन माहुरी’ सार्वजनिक
   

जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’काे ‘भुनभुन माहुरी’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । ‘मितज्यू’ आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउनलागेको फिल्म हो । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको नयाँ गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ । गीतमा सौगात मल्ल, दयाहाङ राई र रुषा न्यौपानेको नृत्य छ ।

लोकलयमा आधारित यस गीतले तीन पात्रबिचको मायाप्रेमलाई चित्रण गरेको छ । ‘टाढा भइस नभन त कहिले, तिमीसँगै छु सानु म जहिल’ भन्ने भाव गीतमा प्रस्तुत गरिएको छ ।

सौगात मल्लको यसअघिका फिल्मभन्दा यसमा फरक लुक्स देख्न सकिन्छ । ‘भुनभुन माहुरी’ बोलको गीतमा शब्द तथा संगीत श्रीकृष्ण बम मल्लले तयार गरेका हुन् । स्वर पनि उनकै छ । उनलाई महिला स्वरमा लक्ष्मी मल्लले साथ दिएकी छन् । गीतको भिडियोमा निङ्मा डी लेप्चाको कोरियोग्राफी छ ।

उनको फरक शैलीको नृत्य निर्देशनमा तीनै कलाकारले उत्कृष्ट प्रस्तुति दिएका छन् । युवापुस्तामा लोकप्रिय दोहोरी संस्कृतिलाई समेटेर तयार पारिएको यो गीत दोहोरी साँझको परिवेशमा छायांकन गरिएको छ ।

ग्रामीण परिवेशमा आधारित यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरका अलावा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारको अभिनय छ। यसै फिल्ममार्फत तेरिया मगर अभिनेत्रीको रूपमा डेब्यु गरेकी छन् ।

अनिल बुढा मगरको निर्देशन रहेको फिल्ममा जनक घर्ती मगरको लगानी छ । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन र शिशिर बिशंखेको छायांकन छ ।

फिल्मका गीतमा संगीत श्रीकृष्ण बम मल्लको छ भने स्वरमा मल्लसहित मेलिना राई र लक्ष्मी मल्ल रहेका छन् । आरआर फिल्मस वितरक रहेको फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link