23
बिर्तामाेड । गायक सुरज पौडेल र गायिका अनु चौधरीको स्वर रहेको गीत ‘हावा चल्यो सिरिरी’ सार्वजनिक भएको छ । गीतमा शब्द प्रमोद ढुंगानाको छ भने संगीत मनोज चौलागाईंले दिएका छन् ।
गीतको भिडियो नितिन चन्दले निर्देशन गरेका हुन् । रोहित सिंह ठकुरीको कोरियोग्राफी रहेको भिडियोमा मोडेल कमल सिंह र जुना कार्कीको अभिनय देख्न सकिन्छ । सम्पादन सौखिन तिमल्सिना रहेको भिडियोका निर्माता निल प्रसाद ईटनी हुन् । विनोद बिष्टको छायांकन रहेको भिडियोको भक्तपुरका बिभिन्न स्थानमा छायांकन भएको हो ।

