Home Main Highlight News रोल नं. १ को टिजरमा गरिबीसँगै हुर्किरहेको विद्यार्थीले प्रथम हुन झेलिरहेको दबाब
 

रोल नं. १ को टिजरमा गरिबीसँगै हुर्किरहेको विद्यार्थीले प्रथम हुन झेलिरहेको दबाब

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । गरिबीसँगै हुर्किरहेका विद्यार्थीहरुको मनोविज्ञान झल्कने चलचित्र ‘रोल नं. १’ को टिजर बिहीबार सार्वजनिक भएको छ ।

जसमा मुकुन भुषाल र बालकलाकार निर्भिक रेग्मीका मन छुने दृश्यहरु देख्न सकिन्छ । आफू अनपढ हुँदा पाएको दु:ख र आफ्नो छोरालाई शिक्षित बनाउने बुबाको सपना टिजरमा देख्न सकिन्छ । त्यसका लागि बुबाले गाँस काटेर गरेको दु:ख झनै मर्मस्पर्शी छ । एउटा गरिब परिवारका लागि ‘छात्रवृत्ति’ पाउनु कति महत्वपूर्ण हुन्छ भन्ने कुरा बुझ्न सकिन्छ ।

अर्कोतिर प्रथम हुनु पर्ने दबाब झेलिरहेको विद्यार्थीको मनोविज्ञान देखिन्छ । यो आमविद्यार्थीले भोगिरहेको समस्यालाई अभिभावक र शिक्षकले बुझ्ने भाषामा फिल्ममा प्रस्तुत भएको हुन सक्ने टिजरका केही दृश्यहरुबाट बुझ् नसकिन्छ ।

झन्डै २ मिनेटको टिजरले फिल्मले भन्न खोजेको कुरालाई स्पष्ट पारेको छ । टिजरका सम्वाद र यसमा प्रयोग भएका लवज सुन्दा यसले पश्चिम नेपालको कथा भन्ने बुझिन्छ । ढोल बजाउँदै सूचना सुनाउने कुराले यो पुरानो कालखण्डको कथा भन्ने थाहा हुन्छ ।

फिल्ममा मुकुन भुसाल, सुषांक मैनाली, रेनु नाथ योगी, एभोन राज उप्रेती, सुभाष पीडी गजुरेल, लोकेन्द्र लेखक, सृजना अधिकारी, टीका झजिरेल, श्याम सुन्दर धिताल, शंकर आचार्य, लोकमणि सापकोटा, विशाल पहाडी, खड्ग बहादुर पुन मगर, केनिपा सिंह पहारी, सम्रान्त थापा, सुभाष खरेल, अमृत पटेल, बिष्णु राज तिमिल्सिना, यमुना बुढाथोकी, सबिना पन्त खत्री, बाल कलाकारहरु निर्विक रेग्मी, संयम कटुवाल, रिन्चेन लामा, सिजल श्रेष्ठ, शिवांगी सिटौलाको अभिनय रहेको छ ।

जेठ १५ बाट प्रदर्शन हुने यस फिल्मको निर्माता विनोद पौडेल र जानवी पौडेल रहेका छन् । सेभेन सिज सिनेमाको ब्यानरमा बनेको यस फिल्मको निर्देशन जौन यौञ्जनले गरेका हुन् भने स्क्रिप्टमा महेश दवाडीले काम गरेका छन् । स्क्रिप्टमा दवाडीलाई विश्वास पाण्डे र मदन सुखेतीको सहयोग रहेको छ । फिल्मको छायाँकनको जिम्मा शिवराम श्रेष्ठले सम्हालेका छन् भने सम्पादनमा मदन घिमिरेको काम देख्न सकिनेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link