Home Main Highlight News स्मारिका र विक्रमको अभिनय रहेकाे ‘छोटो छोटो जिन्दगी’ सार्वजनिक
 

स्मारिका र विक्रमको अभिनय रहेकाे ‘छोटो छोटो जिन्दगी’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

 बिर्तामाेड । गायिका शान्तिश्री परियार र गायक विक्रम जङ्ग थापाको स्वर रहेको गीत ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक भएको छ। द्रोण अधिकारीको शब्द र करण न्यौपानेको सङ्गीत रहेको गीतले एक क्यान्सर पीडित महिला र उनको श्रीमानकाे कथा भन्छ ।

गीतको म्युजिक भिडियोमा क्यान्सरको अन्तिम अवस्थामा पुगेकी एक युवती मोडल स्मारिका ढकाल र उनलाई स्याहार गरिरहेका श्रीमान् मोडल विक्रम जङ्ग थापाको भावनात्मक सम्बन्धलाई देखाइएको छ ।

अस्पतालको बेडमा मृत्युसँग लडिरहेकी पत्नी र उनलाई बचाउन श्रीमान्ले गरेको सङ्घर्ष र उनीहरूबीचका सुखद सम्झनाहरूलाई भिडियोमा कलात्मक ढङ्गले बुनिएको छ । क्रान्ति केसीको निर्देशन र सम्पादन रहेको भिडियो अजय रेग्मीले छायाङ्कन गरेका हुन् ।

https://www.youtube.com/watch?v=N2JZ8qT_s_U&list=RDN2JZ8qT_s_U&start_radio=1

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link