Home Main Highlight News फिल्म निर्माण नहुँदै अमेरिका र क्यानडामा बिक्री भयो ‘आ बाट आमा २’
 

फिल्म निर्माण नहुँदै अमेरिका र क्यानडामा बिक्री भयो ‘आ बाट आमा २’

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । पल शाहको मुख्य भुमिका रहने फिल्म ‘आ आमा २’ को अमेरिका र क्यानडामा सोल्ट आउट भएको छ। निर्माण टिमले फिल्मको घोषणा गरे लगत्तै यि दुई देशमा सोल्ट आउट भएका हुन् ।

डोको फिल्म्सले यो फिल्मलाई महँगो रकममा खरिद गरेको हो । बुझिए अनुसार नेपाली फिल्मकै इतिहासमा सबैभन्दा महँगो रकममा ‘आ बाट आमा २’ अमेरिका र क्यानडा राइटस् बिक्री भएको हो । फिल्मको सुटिङ नहुँदै विदेश फिल्म वितरकले धमाधम फिल्मको वितरण अधिकार लिइरहेका छन् ।

यस फिल्ममा अहिलेसम्म सबै कलाकारहरु फाइनल भइसकेका छैनन् । तर यो फिल्मको पहिलो भाग अर्थात ‘आ बाट आमा’ले नेपालमा सर्वाधिक कमाई र चर्चा कमाएको थियो। सोही प्रभावका कारण अहिले विदेशमा रहेका वितरकहरुले ‘आ बाट आमा २’ प्रदर्शन अधिकार खरिद गर्न थालेका हुन् ।

यस फिल्ममा पल शाह,विपना थापा,आशा श्रेष्ठ,प्रदीप रावत,गजित बिष्ट,नरेन खड्का लगायत कलाकार अनुबन्ध भएका छन् । अन्य कलाकार तथा फिल्मको अभिनेत्रीहरु भने छनोट हुन बाँकी नै छ । तर यस फिल्मको चर्चा र हाइप भने फिल्मको सुटिङ नहुँदै बढिरहेको छ ।

फिल्मका निर्देशक चन्द्र पन्तले अमेरिका र क्यानडाका लागि सोल्ट आउट भइसकेको बताए । उनका अनुसार दुई देशका लागि महँगो पैसामा बिक्री गरिसकिएको छ । अन्य देशका वितरकहरुले पनि फिल्मको प्रदर्शन अधिकार मागिरहेका छन्। कुरा नमिलेकाले अहिले फाइनल भइसकेको छैन।

उनी भन्छन्,’अमेरिका र क्यानडाका लागि सोल्ट आउट भइसकेको छ। त्यहाँको वितरक टिम डोको फिल्मस्ले महँगो रकममा किनिसक्नुभएको छ। अन्य देशमा पनि कुराकानी चलिरहेको छ। जुन छिट्टै सार्वजनिक गछौँ ।’

फिल्मको घोषणामा नै विदेशमा फिल्मको माग बढेकाले निर्माता समेत रहेका पन्त उत्साहित बनेका छन् । निर्देशक पन्तले यो फिल्मको छायांकनको समय तालिका केहि दिनमा नै टुङ्गो लाग्ने बताए। उनले अहिले यस फिल्मका लागि कलाकार तथा अन्य प्राविधिक पक्षको छनोट भइरहेको र छिट्टै फ्लोरमा जाने जानकारी दिए ।

आगामी दसैं अर्थात असोज ३० गतेबाट प्रदर्शनमा आउने यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहने छ। यस फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिइसकेको छ । आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link