Home Main Highlight News Friday Release – ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ आजदेखि प्रदर्शनमा
 

Friday Release – ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ आजदेखि प्रदर्शनमा

by Parda Sansar
A+A-
Reset

काठमाडौं । यस साताको फ्राइडे रिलिजअन्तर्गत नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’‘लाइफ ड्यामेज’ आजदेखि देशभर प्रदर्शनमा आएका छन् । फरक विषयवस्तु र शैलीका यी दुई चलचित्रले दर्शकमाझ उत्साह सिर्जना गरेका छन् ।

निर्देशक सहारा शर्माको डेब्यु फिल्म ‘एक मुठ्ठी बादल’ले मध्यमवर्गीय परिवारको कथा प्रस्तुत गरेको छ । पारिवारिक कथामा आधारित चलचित्रले फरक पुस्ताबीचको सोच र सम्बन्धलाई कलात्मक ढंगले देखाएको निर्माण टिमले जनाएको छ ।

यस चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारीलगायत कलाकारको अभिनय रहेको छ । गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रका निर्माता अभिमन्यु दीक्षित हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताका रूपमा रहेका छन् ।

चलचित्रमा थाइल्यान्डको ह्वाइट लाइटले कलर ग्रेडिङ गरेको छ भने भियतनामकी लिन्ह डान गुयेन फानको छायांकन र भारतकी दीपा भाटियाको सम्पादन रहेको छ । चलचित्रको लेखन तथा निर्देशन सहारा शर्माले नै गरेकी हुन् ।

निर्देशक निमेष श्रेष्ठको ‘लाइफ ड्यामेज’ पनि आजबाटै प्रदर्शनमा आएको छ । ‘फेन्टासी कमेडी ड्रामा’ शैलीमा बनेको यस चलचित्रमा निमेष श्रेष्ठ, सुरक्षा पन्त, ईशा थापा र सञ्जना महर्जनलगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रको कथा निर्देशक निमेष श्रेष्ठ, ईशा थापा र अभिषेक खरेलले संयुक्त रूपमा लेखेका हुन् । चलचित्रमा प्रवीण खड्काको छायांकन तथा बिकेन कार्कीको सम्पादन रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link