37
बिर्तामाेड । नेपाल आर्मीले नयाँ र्याप सङ ‘रेन्जर’ सार्वजनिक गरेको छ । नेपाली आर्मीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत अमलदार प्रताप मगरले गाएका हुन् । गीत नेपाली सेनाको इन्फर्मेसन अपरेसन डिभिजनको सहयोगमा तयार गरिएको हो ।
गीतमा नेपाली सेनाको कठोर तालिम, युद्धकौशल र अपरेसनका दृश्यहरू समेटिएका छन् । भिडियोमा आकर्षक ड्रोन सटहरू पनि प्रयोग गरिएको छ, जसले सेनाको गतिविधिलाई थप प्रभावशाली बनाएको छ ।
गीतको बोलमा “हामी केटा रेन्जर, उ त्यहाँ पनि केटाहरू रेन्जर, वरिपरि केटाहरू डेन्जर, पेरिमिटरभरि रेन्जर” जस्ता लाइनहरू समावेश छन् ।



