Home Main Highlight News राम चरण अभिनीत प्रतीक्षित फिल्म ‘पेड्डी’ को ट्रेलर सार्वजनिक
 

राम चरण अभिनीत प्रतीक्षित फिल्म ‘पेड्डी’ को ट्रेलर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

मुम्बइ । तेलुगु सुपरस्टार राम चरण अभिनीत प्रतीक्षित फिल्म ‘पेड्डी’ को ट्रेलर सार्वजनिक भएको छ। सोमबार मुम्बईमा आयोजना गरिएको इभेन्टमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो, जहाँ फिल्म युनिटका सदस्यहरू, कलाकार तथा निर्देशकहरूको उपस्थिति रहेको थियो।

सार्वजनिक ट्रेलरले फिल्ममा राम चरण तीन फरक खेलसँग सम्बन्धित चुनौतीपूर्ण भूमिकामा देखिने संकेत दिन्छ।  उनको पात्र ग्राणीय पृष्ठभूमिबाट उठेर खेलकुदमार्फत संघर्ष गर्ने व्यक्ति रहेको देखाइएको छ। ट्रेलरमा क्रिकेट, कुस्ती र अर्को एक खेलसँग सम्बन्धित दृश्यहरू प्रस्तुत गरिएको छ, जसले राम चरणको पात्रलाई बहुआयामिक बनाएको छ।

स्पोर्टस्-एक्शन ड्रामा ‘पेड्डी’ मा अभिनेत्री जान्हवी कपुर पनि प्रमुख भूमिकामा छिन्। साथमा शिव राजकुमार, जगपति बाबु, दिव्येन्दु शर्मालगायत कलाकारहरूको पनि अभिनय छ।  बुची बाबु साना निर्देशित फिल्म वृद्धी सिनेमाजको ब्यानरमा बनेको हो। ‘पेड्डी’ जुन ४ (जेठ २१) देखि विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link