बिर्तामाेड । हास्य सिरीज ‘फुर्के नम्बर १’ फेरि सुरु हुने भएको छ । कलाकार विल्सन विक्रम राईको लेखन तथा निर्देशनमा सिरिज बन्न लागेको हो । सिरीज प्रत्येक मङ्गलवार युट्युब च्यानल ‘तक्मे बुढा डटकम’ मार्फत सार्वजनिक हुनेछ । सिरिज विगतको भन्दा थप परिष्कृत र मनोरञ्जनात्मक हुने निर्देशक राइले बताए ।
नेपाल र भारतका लोकप्रिय रैथाने कमेडियनहरूलाई एउटै पर्दामा समेटिएको छ । दार्जिलिङबाट चर्चा कमाएका ‘राइजिङ ब्वाइज’का अमित सुब्बा (भक्क्ते) र स्टार सपन कन्टेन्ट क्रिएटर सपन सुब्बाको टोली (सुकरानी सुब्बा र ब्रेजा चाम्लिङ) यस शृङ्खलाका मुख्य भुमिकामा देखिनेछन् ।
सिक्किमका बहु–प्रतिभाशाली क्यारिकेचर आर्टिष्ट सुरज र भल्गर प्रविन गुरुङको समेत यसमा अभिनय रहनेछ।
नेपालका स्थापित कलाकारहरू कविता आले, बुद्दी तामाङ, रबिन्द्र झा, रजनी गुरुङ, उदय सुब्बाको समेत अभिनय रहने सिरिजमा विक्रम डिसीको छायाङ्कन, रविन्द्र खड्काको सम्पादन रहनेछ ।



