Home Main Highlight News चलचित्र ‘महाराजधिराज’को छायाङ्कन सुनसरीबाट सुरु
 

चलचित्र ‘महाराजधिराज’को छायाङ्कन सुनसरीबाट सुरु

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । चलचित्र ‘महाराजधिराज’को छायाङ्कन सुनसरीबाट सुरु भएको छ । चलचित्रको शुभमुहूर्त गत काठमाडौँमा एक समारोहकाबिच गरिएको थियो।

सुनसरीमा एक हप्ताको छायाङ्कनपछि काठमाडौँ, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा समेत छायाङ्कन हुनेछ।  चलचित्रको छायाङ्कन तालिका ७० दिन तोकिएको छ।

परिच्छेद सेन निर्देशक रहेको  चलचित्रलाई नवराज थापाले खिच्दैछन्। ‘महाराजधिराज’ सोसल पिरयड ड्रामा रहेको निर्देशक सेनले बताएका छन्।

चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डि.सी., सुशील सिटौला, हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटालगायतको अभिनय रहनेछ ।

‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्म निर्देशक सेन स्वयंको लेखन रहेको छ। ‘महाराजधिराज’का निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनमा आउने बताइएको छ।

https://www.youtube.com/watch?v=ZROW-uLNt4Q

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link