Home Main Highlight News ‘मितज्यू’ र ‘काजी’काे हलहरूले थाले अग्रिम टिकट बुकिङ
 

‘मितज्यू’ र ‘काजी’काे हलहरूले थाले अग्रिम टिकट बुकिङ

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । प्रदर्शन तयारीमा रहेका दुई नेपाली फिल्मको अग्रिम टिकट बिक्री खुलाएका छन्। शुक्रबार रिलिज हुन लागेका ‘मितज्यू’ र ‘काजी’ को अग्रिम बुकिङ खुला गरिएको हो।  क्युएफएक्स, बिग, आईएनआई, वान सिनेमाजलगायत धेरैजसो मल्टिप्लेक्सले शो तालिका तय गर्दै टिकट बिक्री थालिसकेका छन्।

अनिल बुढामगर निर्देशित ‘मितज्यू’ मा दयाहाङ राई, सौगात मल्ल र टेरिया मगरको शीर्ष अभिनय छ। फिल्मको कथा समाजको पुरानो मितेरी सम्बन्ध वरिपरि घुम्ने बताइएको छ।

दुई गाउँले चालक साथी, जसको गहिरो ‘मितेरी’ सम्बन्ध सडक खुलेपछि प्रतिस्पर्धामा बदलिन्छ। फिल्मले मित्रता, द्वन्द्व र ग्रामीण जीवनको भावनात्मक कथा देखाउँछ। टेरियाले ‘मितज्यू’ मार्फत नेपाली फिल्ममा डेब्यु गरेकी हुन्। निर्माता जनक घर्ती मगर हुन्।

त्यस्तै, लक्ष्मण रिजाल निर्देशित ‘काजी’ मा विपिन कार्की र केकी अधिकारी शीर्ष भूमिकामा छन्। प्रेमकथामा आधारित यो फिल्ममा नव-विवाहित जोडीको कथा प्रस्तुत गरिएको छ। फिल्मको निर्माता रामप्रसाद रिजाल, नेहान रिजाल र विकास राज जोशी हुन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link