Home Main Highlight News चलचित्र ‘हली’ काे रिलिज फाइनल : साउन २२ बाट प्रदर्शन हुने
 

चलचित्र ‘हली’ काे रिलिज फाइनल : साउन २२ बाट प्रदर्शन हुने

by Parda Sansar
A+A-
Reset

काठमाडौं । ओम प्रतीकको निर्देशन रहेको चलचित्र ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार दुईवटा आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

सार्वजनिक पोस्टरमध्ये एकमा चलचित्रका मुख्य कलाकार ओम प्रतीक, सरोज खनाल, प्रमोद दीप र सुजता थापा रिसाहा भावमा देखिएका छन् । पोस्टरले पात्रहरूबीचको सम्बन्धमा आएको तनाव र कथाभित्रको एक महत्वपूर्ण घटनालाई संकेत गरेको छ । पोस्टरको पृष्ठभूमिमा घरको दैलोमा थाल बोकेर बसेका दुई महिलाको दृश्यले नारी पीडा र सामाजिक यथार्थलाई चित्रण गर्ने प्रयास गरेको देखिन्छ ।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्र वास्तविक घटनाबाट प्रेरित रहेको निर्माण पक्षले जनाएको छ । समाज र देशमा परिवर्तन ल्याउन एक जना ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सन्देश चलचित्रले दिने बताइएको छ । यसअघि व्यावसायिक रूपमा सफल चलचित्र ‘मोहर’ निर्देशन गरेका ओम प्रतीकले यस चलचित्रको कथा तथा निर्देशन दुवै सम्हालेका छन् ।

व्यवसायी पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय रहेको छ । यस चलचित्रमा निर्देशक ओम प्रतीक स्वयं पनि मुख्य भूमिकामा देखिनेछन् ।

चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल हुन् भने सह-निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण बज्राचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेका छन् । राहुल राईको छायांकन रहेको चलचित्रमा सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन् ।

संगीततर्फ शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको चलचित्रमा जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरी र शान्ति श्री परियारको स्वर सुन्न पाइनेछ । कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link