Home Main Highlight News चित्लाङ गाउँबाट फिल्म ‘आ बाट आमा २’को छायांकन सुरु
 

चित्लाङ गाउँबाट फिल्म ‘आ बाट आमा २’को छायांकन सुरु

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । गत वर्षको ब्लकबस्टर फिल्म ‘आ बाट आमा’को दोस्रो भाग ‘आ बाट आमा २’को छायांकन सुरु भएको छ । सोमबार बिहान मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङ गाउँबाट फिल्मको छायांकन थालिएको हो । फिल्मका लागि पहिलो सट अभिनेता पल शाहले दिए । उनी यो फिल्मको पहिलो भागमा पनि मुख्य भूमिकामा थिए ।

फिल्मको चित्लाङपछि काठमाडौँमा छायांकन गर्ने तालिका राखिएको छ । त्यसपछि बेलायतको लन्डनमा बाँकी छायांकन हुने निर्देशक चन्द्र पन्तले जानकारी दिए । उनका अनुसार कलाकारदेखि प्राविधिकसम्मको भिसा आवेदनको प्रक्रिया पूरा भइसकेको छ । कथाको मागअनुसार नै लन्डनमा फिल्मका केही महत्त्वपूर्ण दृश्य खिच्न लागेको उनले बताए ।

निर्देशक पन्त स्वयंको कथा तथा पटकथा लेखन रहेको फिल्ममा पलसहित विपना थापा, प्रदीप रावत गजनी भिलेन, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दीलिप ओखेडालगायतका कलाकारहरूको अभिनय रहनेछ । ‘मेरो डान्स युनिभर्स–२’की विजेता रिश्ताले यही फिल्मबाट डेब्यू गर्दैछिन् ।

दशैंको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा आउने तय भइसकेको यस फिल्ममा करण सिंह प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्मातामा छन् । आर्या इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मले आमा र छोराबीचको भावनात्मक सम्बन्धको कथा भन्ने जनाइएको छ । फिल्मको स्लोगन ‘दशैंको जमरा र आमाको पर्खाइको कथा’ राखिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link