Home Main Highlight News सिनेमाघरमा प्रतिस्पर्धा चर्कियो: सात चलचित्रको बक्स अफिस यात्रा
 

सिनेमाघरमा प्रतिस्पर्धा चर्कियो: सात चलचित्रको बक्स अफिस यात्रा

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । चलचित्र विकास बोर्डले पछिल्लो आइतबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको छ । जसअनुसार, ‘लालीबजार’को कमाइ पौने ९ करोड हाराहारीमा देखिन्छ ।

यम थापा निर्देशित फिल्म ‘लालीबजार’ ले पछिल्लो शनिबारसम्म ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिमा यो फिल्मलाई २ लाख ९८ हजार २२७ जनाले हेरेका छन् ।

‘मितज्यू’

१ करोड ३१ लाख ११ हजार ८५९ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मलाई ४५ हजार ५३३ जनाले हेरेका छन् ।

‘काजी’

४४ लाख ३८ हजार ९८५ रुपैयाँ ग्रस छ । यो फिल्मलाई १४ हजार २६९ जनाले हेरेका छन् ।

‘रोल नम्बर १’

९४ लाख ९१ हजार ६८० रुपैयाँ ग्रस छ । यसलाई ३१ हजार ७८८ जनाले हेरेका छन् ।

‘लाइफ ड्यामेज’

३४ लाख ४० हजार १५ रुपैयाँ ग्रस कमाएको छ । यसलाई ११ हजार २४८ जनाले हेरेका छन् ।

‘परालको आगो’

४ करोड २८ लाख ११ हजार ४४५ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मलाई १ लाख ५४ हजार १३६ जनाले हेरेका छन् ।

‘कुम्भ’

३ लाख ३२ हजार ४१० रुपैयाँ ग्रस कमाएको छ । यसलाई १४ सय ९४ जनाले हेरेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link