17
बिर्तामाेड । चर्चित गायक बद्री सापकोटा र गायिका ज्ञानु परियारको सुमधुर स्वर नेपाली लोकदोहोरी गीत ‘हे माया’ सार्वजनिक गरिएको छ। गीतलाई तुलसी गुरुङ अफिसियल च्यानलमार्फत रिलिज गरिएको छ ।
गीतका शब्द तथा संगीत रमेश परियारले गरेका हुन् भने भिडियोमा मनोज गुरुङ र तुलसी गुरुङलगायत कलाकारहरुकाे अभिनय देख्न सकिन्छ। गीतमाआकर्षक अभिनयले थप जीवन्त बनाएको छ।
लोकदोहोरी शैलीमा तयार गरिएको गीतले नेपाली मौलिक संगीतप्रेमी दर्शक सकारात्मक प्रतित्रिया पाउने विश्वास निर्माण पक्षले लिएको छ। गीतको संगीत तथा प्रस्तुतिले ग्रामीण परिवेशलाई कलात्मक ढंगले उजागर गरेको छ।



