Home Main Highlight News टेरेन्स लुइसले गरे ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’को विजेता घोषणा
 

टेरेन्स लुइसले गरे ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’को विजेता घोषणा

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड ।  विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को ग्रान्ड फिनाले राजधानी काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। बलिउडका चर्चित कोरियोग्राफर तथा नृत्य निर्देशक टेरेन्स लुइसको विशेष उपस्थितिमा सम्पन्न प्रतियोगिताले विभिन्न चार विधाका विजेता घोषणा गर्दै नयाँ नृत्य प्रतिभाहरूलाई विश्व मञ्चसम्म पुर्‍याउने अवसर प्रदान गरेको छ।

देशका विभिन्न पाँच शहर तथा भारतबाट आएका सयौं नृत्य प्रतिभामध्ये छनोट भएका उत्कृष्ट प्रतिस्पर्धीहरूले फिनालेमा दमदार प्रस्तुति दिएका थिए।

जुनियर डिभिजनतर्फ रिधि सरकार विजेता बने भने ‘पप इन स्माइली’ दोस्रो र दीपेश–ऋषि तेस्रो स्थानमा रहे। जुनियर टिम डिभिजनमा क्रिएटर्स क्रु ले उपाधि जित्यो। ‘एनडिए जुनियर’ दोस्रो र ‘पूर्वाञ्चल डान्स स्टुडियो’ तेस्रो बने।

अपर डिभिजनमा साजन पाख्रिन प्रथम, साजन गुरुङ द्वितीय र ‘स्टार्स स्टेपर्स क्रु’ तृतीय घोषित भए। अपर टिम डिभिजनको उपाधि टिम एनटी ले जित्यो भने ‘इन्नेट सोल्स’ दोस्रो र ‘एस स्क्वायर फ्यामिली’ तेस्रो स्थानमा रहे।

प्रत्येक डिभिजनका विजेताले रु १ लाख नगद पुरस्कार र २४ क्यारेट सुनको जलप लगाइएको विशेष ट्रफी प्राप्त गरेका छन्।

कार्यक्रमको सबैभन्दा महत्वपूर्ण उपलब्धि भने विजेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नु हो। कलात्मक निर्देशक JD Tamu का अनुसार अपर र जुनियर टिम डिभिजनका सबै फाइनलिस्ट टोलीहरूले अमेरिका, थाइल्यान्ड र हङकङमा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय नृत्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link