Home Main Highlight News फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
 

फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु भएको छ । कास्की जिल्लाको पामेबाट फिल्मको छायांकन सुरु गरिएको हो । ४० दिनको तालिका रहेको फिल्म कास्कीमा मात्रै ३० दिन खिचिनेछ भने त्यसपछि काठमाडौं छायांकन हुनेछ ।

फिल्मका कार्यकारी निर्माता तेजबिक्रम केसी हुन् । भविष्य फिल्मस् प्रालि र थर्ड आई आट्र्सको ब्यानरमा निर्माण हुने फिल्मको निर्माता भविष्य खड्का हुन् । यो फिल्म तीजको अवसरमा आगामी भदौ २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा ल्याउनेछ ।

शंकर कार्कीको निर्देशन रहेको फिल्मलाई महिला प्रधान फिल्म भनिएको छ । फिल्ममा प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, प्रकाश घिमिरे, रीना ढकाल, विविका पौडेल र आयुषी ढकालको मुख्य भुमिका रहनेछ ।

https://www.youtube.com/watch?v=ZROW-uLNt4Q&t=11s

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link