Home Main Highlight News चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
 

चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । सिनेमा ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा गरिएको छ। रघुजी फिल्म्सको ब्यानरमा बन्ने यस सिनेमाको लेखन तथा निर्देशन अमरदीप सापकोटाले गर्नेछन्। सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै सिनेमाको शुभारम्भ गरिएको हो।

कमेडी जनरामा निर्माण हुने सिनेमा असारको अन्तिम सातादेखि छायांकनमा जाने तयारीमा छ। यसमार्फत गायक पशुपति शर्मा र गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्तले अभिनयमा डेब्यु गर्दैछन्। अन्य केही नयाँ कलाकार पनि सिनेमामा देखिने निर्माण टिमले जनाएको छ।

सिनेमाको नेपाल वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link