काठमाडौं । आगामी साउन २२ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘हली’को ट्रेलर सार्वजनिक भएको छ ।
महिनावारी हुँदा किशोरीलाई विद्यालय पठाउनु हुँदैन भन्ने भ्रमबारे कथावस्तु यसमा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । छाउपडी प्रथामा २१ दिनसम्म बुवा र छोरा मान्छेको अनुहार हेर्न हुँदैन भन्ने कुसंस्कारलाई यस फिल्मले देखाउने भएको छ । निर्माता पूजा गुरुङले वास्तविक कथावस्तुमा फिल्म बनेको बताइएकी छन् ।
एउटा हलीले पनि क्रान्ति गर्न सक्छ, उसले पनि देशको मुहार बदल्न सक्छ भन्ने सन्देश फिल्म रहेको उनको भनाइ छ । ट्रेलरमा हलीले छाउगोठ भत्काउँदै गरेको दृश्यले पनि यही संकेत गरेको छ ।
निर्देशक ओम प्रतिकले चेतनालाई फराकिलो बनाइयो भने पढाइमा पिएचडी गर्नु नपर्ने धारणा राखेका छन् । पश्चिम तिर महिनावारी अझै छाउप्रथा रहेको र त्यही यथार्थ कथामा यो फिल्म निर्माण भएको उनले बताएका छन् ।
फिल्मको निर्माणमा पूजा गुरुङ र जस्मिन श्रेष्ठले सहकार्य गरेका छन् । यस सिनेमामा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय रहेको छ ।

