Home समाचार जुनियर मिस्टर एण्ड मिस तराई धरानमा दर्शन र निर्जलालाई ट्यालेन्ट अवार्ड
 

जुनियर मिस्टर एण्ड मिस तराई धरानमा दर्शन र निर्जलालाई ट्यालेन्ट अवार्ड

by Parda Sansar
A+A-
Reset

इटहरी । बालबालिकालाई मोडलिङ र व्यक्तित्व विकासको क्षेत्रमा सिर्जनात्मक र गुणस्तरीय प्लेटफर्म उपलब्ध गराउने उद्देश्यसहित युनिभर्सल डान्स सेन्टर इटहरीको आयोजनामा सञ्चालन भइरहेको ‘जुनियर मिस्टर एण्ड मिस तराई धरान’ पहिलो संस्करणको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ ।

‘इटहरी च्याप्टर’को चौथो संस्करण सम्पन्न गरिसकेको आयोजकले यसपटक ‘धरान च्याप्टर’मार्फत ३० जना बालप्रतिभालाई फाइनल चरणमा पुर्‍याएको छ।

ट्यालेन्ट राउन्डमा सहभागी बालबालिकाहरूले नृत्य, गायन, वाद्यवादन तथा वक्तृत्वकलामार्फत आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगिताको मूल्यांकन फेसन डिजाइनर कृषा विष्ट, ‘मिस्टर तराई २०२५’ विजेता रेन बस्नेत तथा डी ग्यालेक्सी डान्स क्रिउ बाँसबारीका कोरियोग्राफर सुमन परियारले गरेका थिए ।

निर्णायकहरूको मूल्यांकनका आधारमा सिनियर समूहबाट दर्शन राई र जुनियर समूहबाट निर्जला अछामी उत्कृष्ट घोषित हुँदै ट्यालेन्ट राउन्ड अवार्ड जित्न सफल भए।

प्रतियोगिताको ग्रान्ड फिनाले आगामी भदौ ६ गते शनिबार धरानमा आयोजना हुने आयोजकले जनाएको छ । फाइनलमा सिनियरतर्फ १२ र जुनियरतर्फ १८ जना प्रतिस्पर्धीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

आयोजकका अनुसार विजेताहरूले साइकल,  नगद पुरस्कार,  क्राउन,  प्रमाणपत्र,  एक वर्षको निःशुल्क डान्स कोर्स, म्युजिक भिडियो तथा फोटोसुटको अवसर, फेसन शो, स्कुल ब्याग, जुत्ता र लाइफ इन्स्योरेन्सलगायत आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । फस्ट र सेकेन्ड रनरअपलाई विभिन्न पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको नेतृत्व आयोजक संस्थाका सिइओ कृति भुजेल र म्यानेजिङ डाइरेक्टर जेनिष विश्वकर्माले गरिरहेका छन् । कार्यक्रमको कोरियोग्राफी उमेश खड्काले, मिडिया संयोजन सुवास संकल्प श्रेष्ठले गरिरहेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link