Home Main Highlight News ‘द राइज अफ साम्राज्य’मा अञ्जना बराइलीको ENTRY
 

‘द राइज अफ साम्राज्य’मा अञ्जना बराइलीको ENTRY

by Parda Sansar
A+A-
Reset

काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन् । सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बरालपछि अञ्जना चलचित्रको प्रमुख कलाकारको लाइनअपमा जोडिएकी हुन् ।

निर्देशक चौधरीका अनुसार कथाले मागेका र दर्शकको रोजाइमा रहेका कलाकारलाई समेट्दै चलचित्रको टिम विस्तार गरिएको हो । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्र मल्टिस्टार तथा ‘एपिक एक्सन ड्रामा’ हुने बताइएको छ ।

उपन्यासकार बुद्धिसागरले कथा तथा पटकथा लेखेको चलचित्रलाई नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन फिल्म बनाउने निर्माण पक्षको तयारी छ । छायांकन आगामी साताबाट सुरु हुने र करिब ७० दिनको तालिका तय गरिएको छ । चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालमा हुनेछ ।

प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत (बेन) को–प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन् । मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन निर्देशकमा छन् । ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर र डीसीएन वितरक रहनेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link