Home Main Highlight News कमलाको तीज गीत ‘माइती नगई तीजै आएन’मा ‘मिस पवी’को अभिनय
   

कमलाको तीज गीत ‘माइती नगई तीजै आएन’मा ‘मिस पवी’को अभिनय

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा नयाँ तीज गीतहरू धमाधम सार्वजनिक भैरहेका छन् । यस्तैमा  गीतकार तथा साहित्यकार कमला न्यौपानेको शब्द रहेको तीज गीत ‘माइती नगई तीजै आएन’ सार्वजनिक गरिएको छ ।

गङ्गा सोनाम, सज्जा चौलागाईं र सलिना विश्वकर्माको संयुक्त स्वर रहेको गीतमा वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यको संगीत तथा गोपाल रसाईलीको संगीत संयोजन छ ।

गीतमा ‘मिस पवि’ र अलिशा बास्तोला लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । नेपाली समाजमा तीजको समयमा माइती र आमाबुबाको महत्व कति हुन्छ भन्ने भावनालाई गीतमा प्रस्तुत गरिएको छ । बर्सौंदिनमा आउने तीजमा माइत जान नपाउँदा चेलीको मनमा उब्जने पीडा र खल्लोपनलाई गीतको भिडियोमा समेटिएको गीतकार कमला न्यौपानेले जानकारी दिइन् ।

युवराज वाईवाको निर्देशनमा तयार भएको भिडियोमा प्रमोद भण्डारीको नृत्य निर्देशन, दीपक गिरीको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ।

https://www.youtube.com/watch?v=TrdaLyM83As&list=RDTrdaLyM83As&start_radio=1

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link