Home Main Highlight News ‘मंगोलियन हार्ट’ ४ युरोपेली देशमा गुञ्जिँदै, संकलित रकम बाढी प्रभावितलाई
   

‘मंगोलियन हार्ट’ ४ युरोपेली देशमा गुञ्जिँदै, संकलित रकम बाढी प्रभावितलाई

by Parda Sansar
A+A-
Reset

काठमाडौं । लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ ।

फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

टोलीको लिड भोकलिस्टमा राजु लामा, गिटारिस्टमा बबी लामा, ड्रमर सन्तोष थापामगर, बास गिटारिस्ट पवन कपाली, लिड गिटारिस्ट भूपेन्द्र बज्राचार्य, मादल तथा तबलावादक बाबुराजा महर्जन, बाँसुरीवादक विनय महर्जन र साउन्ड इन्जिनियरमा नीरेन्द्र रञ्जित छन् ।

तालिकाअनुसार ब्यान्डले सेप्टेम्बर २६ मा डेनमार्क, अक्टोबर ३ मा रोमानिया, अक्टोबर ५ मा पोर्चुगल र अक्टोबर ११ मा क्रोएसियामा लाइभ प्रस्तुति दिनेछ । यो युरोप भ्रमणलाई सांगीतिक यात्रासँगै सामाजिक सेवासँग पनि जोडिएको छ ।

उक्त सांगीतिक यात्राबाट प्राप्त हुने रकमको केही हिस्सा भोटेकोशी बाढीबाट प्रभावितलाई राहतका लागि दिइने जानकारी गायक लामाले दिए ।

‘हाम्रो यात्रा मनोरञ्जनमा मात्र सीमित छैन । रसुवालगायत विपद्बाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हाम्रो पनि जिम्मेवारी छ । त्यसैले यस यात्राबाट उठेको रकममध्ये केही हिस्सा उहाँको सहयोगका लागि प्रयोग गर्नेछौँ,’ गायक लामाले भने ।

ब्यान्ड म्यानेजर समेत रहेका गिटारिस्ट लामाले सामाजिक उद्देश्यसमेत जोडिएको यो यात्रामा युरोपमा रहेका सम्पूर्ण नेपाली समुदाय तथा संगीतप्रेमीलाई सहभागिताका लागि आग्रह गरेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link