काठमाडौं । म्युजिक गार्डेनको प्रस्तुतिमा तयार पारिएको नयाँ लोकदोहोरी गीत ‘काउरेको भिरालो’को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली मौलिक लोकदोहोरीको मिठास र आधुनिक सांगीतिक शैलीको संयोजन गरिएको गीतमा गायक अर्जुन सापकोटा र गायिका मेलिना राईको स्वर रहेको छ ।
गीतमा श्रीधर अधिकारीको शब्द तथा संगीत रहेको छ भने कृष्ण केसीले संगीत संयोजन गरेका छन् । गोविन्द अनेकले रेकर्डिङ गरेको गीतको मिक्सिङ तथा मास्टरिङ श्याम सावत रसाइलीले गरेका हुन् ।
गीतको भिडियोमा सुमन कार्की र स्नेहा भट्टराई मुख्य भूमिकामा प्रस्तुत भएका छन् । उनीहरूको अभिनय र नृत्यले भिडियोलाई थप आकर्षक बनाएको छ । गीतमा गाउँकाे माया र विछाेडकाे कथा देख्न सकिन्छ ।
मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो पवन सुस्लिङले छायाङ्कन गरेका हुन् । भिडियोको सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुलीले गरेका छन् ।



