41
झापा । गीतकार तथा साहित्यकार प्रा. डा. कैलाश घिमिरेद्वारा रचित गजल सार्वजनिक भएको छ। गायक केशव वादीको आवाज रहेको उक्त गजललाई सुगम संगीतका संगीतकार राजेश थापाले संगीत दिएका हुन्।
प्रेमिल भावमा रहेको गजलमा गायक केशव स्वयम् को एरेन्ज रहेको छ भने गजलको रेकर्डिङ किङ्स स्टुडियोमा सुरेश राईले गरेका हुन। त्यस्तै मिक्सिङ मास्टरिङ राजु कार्कीले गरेका हुन् ।
सांग्रिला क्रियशनको पोष्ट प्रोडक्शन रहेको गजलको भिडिओमा गायक केशवकै अभिनय देख्न सकिन्छ जसलाई राम कुमार केसी ले खिचेका हुन्। पुजा ठकुरीको निर्देशन रहेको भिडिओलाई विनोद बमले सम्पादन गरेका छन्।

