Home Main Highlight News ‘मितज्यू’को छायांकन सुरु, मुख्य भूमिकामा दयाहाङ, सौगात र तेरिया
 

‘मितज्यू’को छायांकन सुरु, मुख्य भूमिकामा दयाहाङ, सौगात र तेरिया

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । निर्देशक अनिल बुढा मगरको दोस्रो चलचित्र ‘मितज्यू’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ । दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो ।

निर्माता जनक घर्ती मगरका अनुसार ‘मितज्यू’ सामाजिक कथावस्तुमा आधारित चलचित्र हो । फिल्मको छायांकन दाङ र रोल्पाका विभिन्न स्थानमा गरिनेछ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको मुख्य भूमिका रहनेछ । फिल्मका मुख्य सहायक निर्देशक फिरोज खड्का हुन् भने सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन् । आरआर फिल्म्सको वितरणमा रहने ‘मितज्यू’ आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link