137
बिर्तामोड । सर्वाधिक सफल चलचित्र पूर्णबहादुरको सारङ्गीका निर्देशक सरोज पौडेलले आफ्नो आगामी चलचित्र ‘सिन्दुरे जात्रा’को मुख्य भूमिकामा फेरि एकपटक विजय बराल र अञ्जना बराइलीलाई अनुबन्ध गरेका छन् ।
पौडेलले कलाकार अनुबन्धका विषयमा स्पष्ट पार्दै कथाको माग अनुसार नै दुवै कलाकारलाई लिएको बताउनुभयो । उनले आगामी केही समयभित्रै अन्य कलाकारहरूको पनि टुङ्गो लगाउनले बताए । सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको यस चलचित्रको मूल कथा स्वयम् निर्देशक पौडेलले तयार पारेका हुन् ।
