Home Main Highlight News अभिनेत्री अधिकारीले गरिन् ‘स्टेशन’ निर्माण गर्ने घोषणा
   

अभिनेत्री अधिकारीले गरिन् ‘स्टेशन’ निर्माण गर्ने घोषणा

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड ।  नयाँ वर्ष २०८३ को अवसर पारेर अभिनेत्री तथा फिल्म निर्माता केकी अधिकारीले आफ्नो आगामी प्रोजेक्ट ‘स्टेशन’ निर्माण गर्ने घोषणा गरेकी छिन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले समयसँगै कथा परिवर्तन भए पनि सपना भने कहिल्यै नबदलिने उल्लेख गरेकी छन्। उनले आफ्नो नयाँ यात्रा ‘स्टेशन’ सँग जोड्दै भावनात्मक रूपमा प्रस्तुत गरेकी हुन्।

उनले लेखेकी छन्, “वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ, तर सपनाको रंग उस्तै रहन्छ। त्यही रंगले कोरेको हाम्रो नयाँ यात्रा– ‘स्टेशन’।”

उक्त प्रोजेक्ट भदौ १९ गते (सेप्टेम्बर ४) मा सार्वजनिक हुने जानकारी दिइएकी छन्। यसै अवसरमा केकी अधिकारी ले सम्पूर्ण नेपालीहरूलाई नयाँ वर्ष २०८३ को शुभकामना समेत व्यक्त गरेकी छिन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link