Home Main Highlight News ‘परालको आगो’को सुखद सुरुवात, दर्शकबाट पायो राम्रो प्रशंसा
   

‘परालको आगो’को सुखद सुरुवात, दर्शकबाट पायो राम्रो प्रशंसा

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । चलचित्र ‘परालको आगो’ले सुखद सुरुवात गरेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले दर्शकबाट राम्रो प्रशंसा पाएसँगै फिल्मको अकुपेन्सी पनि बढिरहेको देखिन्छ ।

फिल्म हेरिसकेपछि दर्शकले ‘राम्रो छ’ मात्रै भनेनन् घरझगडा भइरहने श्रीमान्श्रीमतीले छुटाउनै नहुने फिल्म रहेको बताए । फिल्मले श्रीमान्श्रीमतीले एक अर्कालाई बुझ्नु पर्ने कुरा त छँदैछ, छरछिमेक, घरपरिवारको सम्बन्धहरु र क्रोधले निम्त्याउने समस्याको बारेमा पनि सन्देश दिएको दर्शकको भनाइ छ । उनीहरुले फिल्मका कलाकारको अभिनयको पनि प्रशंसा गरेका छन् ।

लक्ष्मण सुनार निर्देशित चलचित्रमा श्रीमान्श्रीमतीको सम्बन्ध र सामाजिक परिवेशको कथा रहेको छ । गुरुप्रसाद मैनालीको लोकप्रिय कथा ‘परालको आगो’मा आधारित यस फिल्मले क्रोधले निम्त्याउने समस्याहरुलाई उजागर गरेको छ ।

फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सृजना अधिकारी, कुलबहादुर अधिकारी, बालकलाकार मन्जिला बानियाँ लगायतको अभिनय रहेको छ ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन् भने स्क्रिप्ट डिरेक्टरको रुपमा सुलक्षण भारतीले काम गरेका छन् । फिल्मको निर्माता सुशील पोखरेल हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link