बिर्तामाेड । नेपाली एक्सन फिल्म ‘कुम्भ’ को टिजर सार्वजनिक भएको छ । ‘कुम्भ’ आगामी जेठ १५ गतेबाट रिलिज हुने तयारीमा रहेको छ भने यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन गरिनेछ।
रन्धीर श्रेष्ठको निर्देशनमा बनेको यस फिल्ममा डेब्यु अभिनेता अशोक आर्यन मुख्य भूमिकामा छन्। साथै सुनिल थापा र सुषिल पोखरेल पनि प्रमुख भूमिकामा देखिएका छन्। फिल्ममा अफ्साना थापा, रोहित रुम्बा र दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको पनि अभिनय रहेको छ।
यसअघि सार्वजनिक गरिएको गीत “स्वर्गकी परी”ले अशोक आर्यन र सृष्टि खड्कालाई नयाँ जोडीको रूपमा प्रस्तुत गरेको थियो। उक्त गीतमा अन्जु पन्त र अनुप तिवारीको स्वर रहेको छ, जसले फिल्ममा रोमान्टिक स्वाद थपेको छ।
एक्सन र भावना दुवैलाई समेटेको ‘कुम्भ’ अहिलेका बहुप्रतीक्षित नेपाली फिल्महरूमध्ये एक बन्ने संकेत देखिएको छ।

