32
बिर्तामाेड । गायक टेक बिसीको स्वर रहेको गीत ‘काली काली अखिया’ सार्वजानिक गरिएको छ । राेमान्टीक शैलीमा तयार पारिएकाे गीतमा पल शाह र सिमरन पन्तको अभिनय देख्न सकिन्छ ।
सन्तोस सुनारको शब्द संगीत छ भने शान थापाकाे निर्देशन रहेकाे छ । गीतमा पल र सिमरनलाइ एक लव जाेडीकाे रुपमा प्रस्तुत गरिएकाे छ । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय अभिनय गरिरहेका कलाकार पछिल्लाे समय सँगै म्युजिक भिडियाेमा पनि देखिएका छन् ।
विशाल कैनीकाे कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीकाे छायाँकन छ भने विवेक सुनारकाे सम्पादन रहेकाे छ । भिडियाे टेक बिसी कै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।



