बिर्तामोड । जेठ १५ बाट रिलिज हुन लागेको चलचित्र ‘कुम्भ’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरूलाई गम्भीर, संघर्षपूर्ण तथा एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।
रन्धीर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको एक्सन जनराकाे यस चलचित्रको निर्मातामा स्वयम् रन्धीर श्रेष्ठ र राजेश शाह निर्माता रहेका छन् । ईश्वर बल्लभ उप्रेती कार्यकारी निर्माताको रूपमा रहेका छन् ।
नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन हुने यस चलचित्रमा अशोक आर्यन, सृष्टि खड्का, सुनिल थापा, रोहित रुम्बा, सुशील पोखरेल, अप्सना थापालगायत कलाकारहरूको अभिनय रहेको छ । पात्रहरुमा आक्रोशको भाव देखिन्छ भने समुद्री किनारमा एक्सन सिक्वेन्सको झलक समेत देख्न सकिन्छ । यसअघि फिल्मको टिजर र गीत सार्वजनिक भएका छन् । ए रस प्रोडक्सन र आरएए डिजिटल नेपालको सहकार्यमा बनेको यस फिल्मले टिजरमा राखिएका राजनीति, लागुऔषध, हिंसाका दृश्यहरुले फिल्मले शक्ति र संघर्षको कथा भन्ने कुराको झल्को दिन्छ ।



