Home Main Highlight News युवाको कथामा ‘ल्याङ ल्याङ’ बनाउँदै बलिराम
 

युवाको कथामा ‘ल्याङ ल्याङ’ बनाउँदै बलिराम

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । गत वर्ष रिलिज भएको चलचित्र ‘द ब्लू लाइट’बाट निर्देशनमा डेब्यू गरेका निर्देशक बलिराम चौहान अब दोस्रो फिल्मको तयारीमा जुटेका छन् । उनले नयाँ फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ घोषणा गर्दै यसको थिम पोस्टर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक पोस्टरमा कलेज जीवनसँग जोडिएका विभिन्न सामग्री देख्न सकिन्छ । ‘कलेज डेज’ लेखिएको झोला, हेडसेट, कफी कप, डायरी, पेन, बुके, क्यामेरा र कालो चस्माजस्ता वस्तुले फिल्म युवा पुस्ताको भावना, सम्बन्ध र सम्झनाको वरिपरि घुम्ने संकेत गर्छ । पोस्टरले विशेषगरी संगीत, लेखन र फोटोग्राफीमा रुचि राख्ने पुस्ताको जीवनशैलीलाई प्रतिनिधित्व गरेको देखिन्छ ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने फिल्मको कथा निर्देशक बलिराम चौहान र उपश्री खतिवडाले संयुक्त रूपमा लेखिरहेका छन् । निर्माण टिमले कलाकार र प्रदर्शन मितिबारे भने अहिलेसम्म कुनै जानकारी दिएको छैन ।

निर्देशक चौहानका अनुसार स्क्रिप्टको अन्तिम चरण पूरा भएपछि कलाकार छनोट प्रक्रिया सुरु गरिनेछ । फिल्मलाई यसै वर्षको दशैंअघि फ्लोरमा लैजाने तयारी गरिएको छ ।

बलिराम चौहानले यसअघि ‘बलिदान’ फिल्ममा मुख्य सहायक निर्देशक तथा सह-लेखकको रूपमा काम गरेका थिए । उनले ‘मिस स्कारलेट’ वेब सिरिज निर्देशन गरिसकेका छन् भने ‘ल्याङ्ग ल्याङ्ग’लाई आफ्नो दोस्रो निर्देशकीय सिनेमाका रूपमा अघि बढाएका हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link