Home Main Highlight News फिल्म ‘बा : एक योद्धा’ले सार्वजनिक गर्‍यो ४ कलाकार
 

फिल्म ‘बा : एक योद्धा’ले सार्वजनिक गर्‍यो ४ कलाकार

by Parda Sansar
A+A-
Reset

 बिर्तामाेड । प्रदर्शनअघि फिल्म ‘बा : एक योद्धा’ले कलाकार सार्वजनिक गरेको छ । छायांकन सम्पन्न भैसकेको यो फिल्मको अहिले धमाधम सम्पादन कार्य चलिरहेको छ ।

यसअघि शीर्ष कलाकार झरना थापा, सुहाना थापा र दिब्यदेव पन्तलाई सार्वजनिक गरिएको छ । अन्य कलाकारलाई त्यतिबेला गोप्य राखिएको थियो ।

अहिले भने नयाँ कलाकार चिनाइएको छ, जसमा सागर खनाल, शिशिर शिवाकोटी, सुप्रिया शर्मा र शवि थापा छन् । खनालले यसअघि क्राइम थ्रीलर ‘११ः५५’, शिवाकोटीले ‘बेहुली फ्रम मेघौली’ र ‘सानो संसार’बाट प्रशंसा बटुलेका छन् ।

संगीतकार समेत रहेका हरि लम्सालले यो फिल्मबाट निर्देशकीय डेब्यू गरेका हुन् । कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको अवसरमा १९ भदौबाट यो फिल्म प्रदर्शनमा आउने जनाइएको छ ।

यो फिल्मको कथावस्तु पनि सन्तानको भविष्य र समृद्धिको लागि बुवाले गर्ने योगदानको कथामा फिल्म आधारित छ ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता वसन्त लम्साल हुन् । निर्माता लम्सालले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर ‘कर्मा’ निर्माण गरेका थिए ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link